site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीका सामाजिक विकासमन्त्री राजभण्डारीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
फाइल तस्बिर।

काठमाडौं । कोसीका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ ।

उक्त मुद्दा सर्वोच्च प्रशासनले उच्च अदालत विराटनगरबाट प्राप्त भएको प्रतिवेदनको आधारमा दर्ता गराएको जानकारी सर्वोच्चका प्रवक्ता विमल पौडेलले दिए ।

“कोसीका मन्त्री राजभण्डारीले अदालतको न्यायिक प्रक्रियामा आँच आउने गरी अभिव्यक्ति दिएको फुटेजसहित उच्च अदालतको प्रतिवेदन पेस भएको थियो । सोही आधारमा प्रशासनले ‘सुमोटो’(आफैले जानकारीमा लिएर) अन्तर्गत अदालतको अवहेलनामा निवेदन दर्ता गराएको छ,” पौडेलले बाह्रखरीसित भने ।

मन्त्री राजभन्डारीले न्यायाधीशले पैसा लिएर अन्तरिम आदेश जारी गरेको भन्दै अभिव्यक्ति दिएका थिए । असार १० गते विराटनगरको एक निजी विद्यालयमा भएको कार्यक्रममा उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा आदेश गरेको आरोप लगाएका थिए ।

उनले न्यायाधीशलाई फटाहा र कलंक समेत भनेका थिए । उक्त फुटेजको आधारमा उच्च अदालत विराटनगरमै अधिवक्ता उद्धवचन्द्र घिमिरेले अपहेलना मुद्दा दायर गरेका थिए । मंगलबार सर्वोच्चमा समेत उक्त मुद्दा दायर भएको हो ।

पौडेलका अनुसार न्यायिक प्रक्रियामा अवरोध गर्ने कार्य गर्ने व्यक्तिहरु माथि जुनकुनै तह (जिल्ला, उच्च वा सर्वोच्च)मा अवहेलनाको मुद्दा दर्ता गर्न सकिने संवैधानिक व्यवस्था रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro