site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले यही असारभित्रै बुढिगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गर्ने आश्वासन दिए । असार महिनाभित्रै सो आयोजनाको कामलाई अगाडि बढाउने गरी आयोजनास्थलमा कार्यालय स्थापना गर्ने र शिलान्यासको काम सुरु गर्ने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“फाष्ट ट्रयाक निर्माण कार्य अघि बढेको छ । त्यो फाष्ट ट्रयाक निजगढ एयरपोर्टसँग लिंक गरेर अघि बढाइएको हो । त्यसकारण निजगढ एयरपोर्टलाई तत्काल अगाडि बढाउन सरकार प्रतिबद्ध छ,” उनले भने । 

प्रधानमन्त्री प्रचण्डले उक्त आयोजनाको काम सुरु गर्न कार्यालय स्थापना गर्ने कामलाई अघि बढाउन सम्बन्धित निकायलाई आफूले निर्देशन दिइसकेको पनि जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro