site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

काठमाडौं । सत्तारूढ दल जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने भएको छ । अध्यक्ष सीके राउतले सरकारले ल्याएको आगामी वर्षको बजेटलाई समर्थन गर्न नसकिने बताए । 

बुधबार फेसबुकमार्फत उनले बजेट कार्यकर्ता पोस्न ल्याइएको आरोप लगाएका छन्  । उनले असमान बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने समेत बताएका छन्

"जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सक्दैन । यो संसद्को गरिमाका लागि पनि अपरिहार्य छ," उनले लेखेका छन्, "डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्त्वपूर्ण र ऐतिहासिक छ ।"

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro