राजनीति
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक अहिले बसिरहेको छ । बैठक वानेश्वरमा बसिरहेको एक नेताले जानकारी दिए ।
बैठकमा बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बजेट पास गराउन भएको सहमति र बजेट पास गराउने विषयमा छलफल भइरहेको छ ।
नेकपा एसले बजेट वितरण समावेशी नभएको भन्दै विरोध गर्दै आएको थियो । तर, आज बिहान बसेको बैठकमा बजेटमा रहेको भौगोलिक असन्तुलन सम्बोधन गर्ने प्रधानमन्त्री र अर्थमन्त्रीको आश्वासनपछि बजेट पास गर्ने सहमति जुटेको बैठक सहभागी एक नेताले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० ११:३९
प्रतिक्रिया दिनुहोस्