राजनीति
मकवानपुर । वाग्मती प्रदेशसभाको आज साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी भोलि असार १३ गते बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेकाले आज साँझको बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० २२:२१
प्रतिक्रिया दिनुहोस्