site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्मा एमालेको विरोध, संसदीय दलमा मन्त्रीको राजीनामा माग
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल चल्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मंगलबार दोस्रोपटक प्रदेश सभा बैठक अवरुद्ध गर्‍यो । असार १ गते प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोडको बजेट पेस गरेका थिए ।

बजेटमा स्थानीय तहलाई हस्तान्तरण गरिने वित्तीय अनुदान र राजस्व तथा व्ययको अनुमान (रातो किताब) मा उल्लेख गरिएको वित्तीय हस्तान्तरणको अंक फरक परेको भन्दै एमालेले जवाफ मागेको थियो । असार ७ गतेको बैठकमा आर्थिक मामिलामन्त्री आलेले जवाफ दिएपछि बैठक अगाडि बढ्यो ।

मन्त्री आलेले प्रदेश सभामा विनियोजन विधेयक असार ८ गते पेस गरेपछि सांसदहरूले वार्षिक विकास कार्यक्रम पुस्तिका पाए । उक्त पुस्तिका उपलब्ध गराएपछि मात्रै प्रदेश सभामा मन्त्रालयगत छलफल सुरु हुन्छ । मंगलबारदेखि मन्त्रालयगत छलफल गर्ने भन्ने कार्यसूची तय भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, मंगलबार पनि एमालेले सदन अवरुद्ध गर्‍यो । सभामुख कृष्ण धितालले यसअघि झैँ ३० मिनेटका लागि प्रदेश सभा बैठक स्थगित गरे । एकैपटक दिनको २ः१५ बजेदेखि बल्ल सदन सुचारु भयो ।

एमालेले मंगलबार चाहिँ बजेट लिक भएको भन्दै सदन अवरुद्ध पारेको हो । असार ८ गते प्रदेश सभाले पिजन होलमा सांसदहरूलाई वार्षिक विकास कार्यक्रम पुस्तिका राखिदिएको थियो । तर, सांसदहरूले पाउनु अगावै सत्ता निकटका कार्यकर्ताहरूले उक्त बजेट कसरी पाए भन्ने प्रश्न गर्‍यो ।

Global Ime bank

एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने, “असार ६ गते बिहान ७ः०१ बजे सत्ता गठबन्धनका कार्यकर्ता कृष्णराज दाहालले सामाजिक सञ्जालमा पोस्ट गर्छन् । जबकि २३ जुन अर्थात् असार ८ गतेमा मात्र यस सभामा विनियोजन विधेयक प्रस्तुत हुन्छ र माननीय सदस्यहरूले सोही दिनको ५ बजेतिर मात्र वार्षिक विकास कार्यक्रम अर्थात् रातो किताब पाउँछौँ । यस सम्मानित सभाका माननीय सदस्यज्यूहरूको हातमा पर्नुभन्दा ५८ घण्टा पहिला सत्ता गठबन्धनका कार्यकर्ताहरू त्यो सूचना कसरी पुग्यो ?”

उनले आर्थिक मामिलामन्त्रीबाट जवाफ नआएसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने र बढाउन नहुने बताए ।
एमालेको अडानपछि आर्थिक मामिलामन्त्री आले पुनः जवाफका लागि सदनमा आए ।

जवाफमा मन्त्री आलेले कार्यव्यवस्था परामर्श समितिमा नै समझदारी भइसकेको बताए । आगामी दिनमा बजेटको सम्बन्धमा रातो किताब (विनियोजन विधेयक) एकमुस्ट भएको हुनाले छुट्टाछुट्टै छापिने बताए ।

मन्त्रीको जवाफपछि प्रदेश सभामा मन्त्रालयगत छलफल सुरु भयो । मंगलबार ऊर्जा, जलस्रोत तथा खानेपानी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको छलफल थियो । 

तर, बजेट विनियोजनलाई लिएर प्रदेश सभामा सत्ताघटक मओवादी केन्द्रकै सांसद हरि भण्डारीले कटाक्ष गरे ।

“पर्यटनको विभिन्न सम्भावना बोकेको जिल्लामा दुईवटामात्रै योजनामा बजेट विनियोजन गर्दिनुभएकोमा पर्यटनमन्त्रीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, मन्त्रीहरू रातभर जनता, प्रदेशका लागि सोच्नुहुन्छ होला भनेको त आफ्नो जिल्लामा, आफ्ना टोलमा, आफ्ना कुन कार्यकर्ता छुट्यो भनेर सोच्नुभएको रहेछ । बजेट पढ्दा मलाई त्यस्तो लाग्यो,” उनले भने ।

प्रदेश सभामा सत्तापक्षका सांसदले आफ्नै दल सहभागी सरकारले ल्याएको बजेटमाथि व्यङ्ग्य गरिरहँदा प्रमुख प्रतिपक्षी दल एमालेका प्रदेश सभा सदस्यहरूले भने ताली बजाए ।

गण्डकीमा कांग्रेसका दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र कांग्रेसकै सरस्वती अर्याल तिवारी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् ।

उनले ऊर्जा मन्त्रालयको बजेट बाँडफाँटमा पनि असन्तुष्टि जनाए ।

“यो सोचेअनुसारको, जनताले चाहेअनुसारको, जनताले जुन विश्वासका साथ मत दिनुभएको थियो त्यसैअनुसार मन्त्रीज्यूलाई दियौँ । सोचेअनुसारको बजेट आएन,” उनले भने ।

उनले कांग्रेसका मन्त्रीलाई कटाक्ष गर्नुपूर्व सोमबार कांग्रेस संसदीय दलको बैठकमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका थिए । सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडा माओवादी केन्द्रबाट मन्त्री बनेकी हुन् ।

सरकारमा एकैठाउँमा भए पनि बजेटको विषयमा भने मन्त्रीले जिल्ला र दल हेरेको आरोप सत्तापक्षदेखि प्रतिपक्षसम्मले लगाउँदै आएका छन् ।

एमालेका प्रदेश सांसद वेदबहादुर गुरुङ श्यामले भने, “२४ सय ४७ टुक्रे योजना आएका छन् । १७ सय १० वटा योजना चाहिँ १० लाखका मात्रै रहेको । यो बजेट हेर्दा प्राथमिकता र सिद्धान्तको विपरीत रहेको तर तल्लो स्तरको बजेट आयो । यसले प्रदेशलाई कहाँ पुर्‍याउँछ ? वडास्तरका योजना बाँड्दा नागरिकमा के सन्देश जान्छ ? यो बजेट बालुवामा झ्वाम । यो वर्ष लिएको एउटा लक्ष्य पनि प्राप्त हुने खालको छैन ।”

एमालेका प्रदेश सांसद देवका पहारी त्रिपाठीले कर्मकाण्डी बजेट आएको टिप्पणी गरिन् । “विभिन्न कार्यक्रमका नाममा छरिएका बजेटले समृद्धि प्राप्त हुँदैन,” उनले भनिन ।

कांग्रेसका एक सांसदका भनाइमा सरकारमा सहभागी भएका कारण बाध्यतावश समर्थन गर्नुपरेको तर योजनाको बाँडफाँट हेर्दा सत्तादेखि प्रतिपक्षका कोही पनि सांसदहरू खुसी छैनन् ।

“संसद्मा पो सरकारको, दलको बचाउन गर्नुपर्‍यो । संसदीय दलको बैठक त घरभित्रको सल्लाह हो । जेजे भन्नेहो त्यहीँ भनेका छौँ । मन्त्री भएपछि मात्रै बजेट पार्न सकिन्छ भन्ने मानसिकताको विकास गर्न खोजिँदै छ । गलत नजिर बस्दै छ । उहाँहरूले राजीनामा समेत दिनुपर्छ भनेर भनेका छौँ,” कांग्रेसका एक सांसदले भने ।

सोमबार कांग्रेस संसदीय दलको बैठकमा चर्काचर्की नै भएको थियो । कांग्रेसकै सांसदहरूले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सिंखडासहित कांग्रेसबाट नै मन्त्री बनेकी सरस्वती अर्याल तिवारीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

विवाद बढ्दै गएपछि माओवादी र कांग्रेसबीच मंगलबार संंसदीय दलको संयुक्त बैठक बस्ने भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC