site stats
बाह्रखरी :: Baahrakhari
खेल
समूह ‘बी’ मा श्रीलंका अपराजित

काठमाडौं । स्कटल्यान्डविरुद्ध ८२ रनको जित निकाल्दै श्रीलंका आइसीसी एकदिवसीय विश्वकप छनोटको समूह ‘बी’ बाट अपराजित रहदै सुपर सिक्समा प्रवेश गरेको छ ।

समूह ‘बी’ का चारै खेलमा जित निकालेको श्रीलंकाले आठ अंक जोड्यो । हारका बावजुद सुपर सिक्सको यात्रा तय गरिसकेको स्कटल्यान्डले चार खेलबाट ६ अंक जोड्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा श्रीलंकाले प्रस्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड २९ ओभरमा १६३ रनमै समेटियो ।

स्कटल्यान्डका क्रिस ग्रेभ्सले ५६ रनमा बनाए । क्रिस म्याकब्राइड २९, क्रिस सोलले १७, मार्क वाटले १४ र कप्तान रिची बेरिंटन १० रन बनाए ।

श्रीलंकाका महिश थिक्षणाले तीन विकेट लिए । वानिन्दु हसरंगाले दुई विकेट लिदा कसुन रजिथा, लाहिरु कुमारा र दासुन शानकाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर  ब्याटिङमा आएको श्रीलंकाले ४९.३ ओभरमा  सबै विकेट गुमाएर २४५ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि पाथुम निसांकाले ८५ बलमा १० चौकासहित सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी चरिथ असलंकाले ६३, सदिरा समराविक्रमाले २६, धनन्जय डी सिल्भाले २३, महिश थिक्षणाले १६ र वानिन्दु हसरंगाले १५ रन बनाए ।

स्कटल्यान्डका लागि  क्रिस ग्रेभ्सले चार विकेट लिए ।  मार्क वाटले तीन तथा क्रिस सोलले दुई विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्