site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकियो जसपाको विधान अधिवेशन, विधान प्रमाणीकरण गर्न समिति गठन
SkywellSkywell

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको तीन दिनदेखि काठमाडौंमा जारी विधान अधिवेशन आज सम्पन्न भएको छ । यही असार १० गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त विधान अधिवेशन जारी रहेको थियो ।

विधान अधिवेशनबाट विधान प्रमाणीकरणका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेन्द्र झा रहेको विधान प्रमाणीकरण समिति बनाइएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार विधान अधिवेशनमा उठेका विषय र समूहले निकालेका निष्कर्षका विषयलाई समावेश गरी विधानलाई अन्तिम रूप दिइने छ । प्रमाणीकरण समितिले विधान प्रमाणीकरण गरेसँगै उक्त विधान लागु हुने जनाइएको छ ।

KFC Island Ad
NIC Asia

विधान अधिवेशनमा पार्टीको झण्डा फेर्नुपर्ने, ७० वर्षको उमेर हद राख्न नहुनेजस्ता विषय उठेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

यसैगरी जसपाले पहिचानमा आधारित राष्ट्रिय समितिलाई सांगठनिक संरचना मानेर जाने भएको छ । प्रदेश समितिको मातहतमा राष्ट्रिय समिति रहने गरी विधानमा व्यवस्था गरिने भएको छ । विधान अधिवेशनमा पार्टी अध्यक्ष एवं मस्यौदा तयारी समितिका संयोजक उपेन्द्र यादवले विधानको मस्यौदा सोमबार प्रस्तुत गरेका थिए ।

Royal Enfield Island Ad

उनले प्रस्तुत गरेको उक्त मस्यौदामाथि १० वटा समूहमा विभाजन गरेर भएको छलफल सकिएसँगै आज प्रत्येक समूहबाट एक–एक जना टोली नेताले आ–आफ्नो समूहमा छलफल गरी निकालिएको निष्कर्ष समूहका तर्फबाट प्रस्तुत गरेका थिए ।

अधिवेशनलाई समापन गर्दै अध्यक्ष यादवले पहिचानको मुद्दालाई यो विधानले बोक्ने भएकाले राष्ट्रिय समितिलाई अझै शक्तिशाली बनाउने धारणा राखेका थिए। पहिचानको लडाइँ अझै बाँकी रहेकाले जसपाले त्यसको नेतृत्व गर्ने र त्यसका लागि राष्ट्रिय समिति र प्रदेश समितिलाई अझ सशक्त बनाएर अगाडि बढ्ने उनको धारणा छ ।

यसैगरी पार्टी अध्यक्ष यादवले अधिवेशनले पार्टीमा झन ऊर्जा थपेको बताउँदै विधान कार्यान्वयनमा आएपछि पार्टीको राजनीतिक गतिविधि सोहीअनुसार अगाडि बढाउनसमेत निर्देशन दिए ।

उक्त पार्टीको विधान अधिवेशनमा विभिन्न समिति र संगठनबाट गरी सात सय ४६ जना प्रतिनिधि रहे पनि अधिवेशनमा भने जम्मा ६०० प्रतिनिधि सहभागी रहेको सो पार्टीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro