site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारप्रति उत्साहित हुँदैछन् लगानीकर्ता, चालु वर्षको उच्च विन्दु पार गर्न सक्छ ?

काठमाडौं । गत आइतबार सेयर बजारमा उछाल देखियो । नेप्से परिसूचक ६२ अंक बढ्यो भने कारोबार रकम साढे पाँच महिना यताकै उच्च भयो । आइतबार ६ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पुस २६ गते ७ अर्ब ६५ करोड रुपैयोँभन्दा बढीको सेयर कारोबार भएको थियो । 

आइतबार उच्च अंकले बढेको बजार सोमबार त्यसलाई निरन्तरता दिन साढे ११ अंकले बढ्यो । सोमबार नेप्से ०.५५ प्रतिशतले बढेर २१२९.४२ विन्दुमा बन्द भएको छ । सोमबार पाँच अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भयो ।

केही दिन अघिसम्म लगातार घटेको नेप्से परिसूचक र कारोबार रकम एक्कासि बढ्दा आमलगानीकर्ता पनि उत्साहित भएका छन् । तर, कतिपय लगानीकर्ता यसलाई स्वाभाविक रूपमा लिन्छन् । 

गत वर्षको यही अवधिको सूचक हेर्दा पनि अहिलेको बढाइ मोटाएको भन्दा सुन्निएको देखिन्छ । गत वर्षको असार महिनामा पनि बजार एकैदिन ९४ अंकसम्म बढेको थियो । त्यस्तै, बजार बढ्ने मात्र हैन यो महिना एकैदिन बजार ४६ अंकले घटेको पनि छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत वर्षको असार १२ गते नेप्से परिसूचक ९४ अंक बढेर १९५६.९८ विन्दु कायम भएको थियो । सो दिन दुई अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

त्यस्तै, असारमा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता सहज हुँदै जानुका साथै मौद्रिक नीतिप्रति लगानीकर्ता आशावादी हुँदै जाँदा पनि अन्य महिना भन्दा यस महिनामा नेप्से परिसूचक बढ्ने गरेको छ । 

गत वर्ष असार १२ गतेदेखि मौद्रिक नीति घोषणा हुने दिनसम्म बजार उच्च अंकले पाँच करोबार दिन बढेको थियो । असार १२ गते ९४.९२ अंक, असार १५ गते ४१.३९ अंक, असार १६ गते ७४.९४ अंक, असार १९ गते ५७.६५ अंक र असार २८ गते ५९.५४ अंकले परिसूचक वृद्धि भएको थियो । 

सो अवधिमा बजार उच्च अंकले बढेको मात्र छैन घटेको पनि छ । असार २७ गते नेप्से १११.७१ अंकले घटेको थियो । उक्त दिन नेप्सेमा नकारात्मक सर्किट लागेर कारोबार बन्दसमेत भएको थियो । त्यस्तै, यस अवधिमा नेप्से सात कारोबार दिन १० अंकभन्दा बढी अंकले घटेको तथ्यांक देखिन्छ । 

असार अन्तिममा सूचीकृत कम्पनीहरूले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने भएकाले पनि राम्रा कम्पनीको सेयर खरिद गर्नेको चाप बढ्दा कारोबार र परिसूचक वृद्धि हुने गरेको छ ।

हाल बैंकहरूमा तरलता सहज हुँदै जाँदा सेयर बजारमा लगानीकर्ता उत्साहित भएर खरिदतर्फ लाग्ने गरेको लगानीकर्ता तिलक कोइराला बताउँछन् । अन्तरबैंकिङ ब्याजदर तीन प्रतिशतभन्दा कम भएकाले पनि अहिले बैंकमा तरलला सहज भएको कोइरालाको भनाइ छ । 

त्यस्तै, बैंकहरूले हाल लगानी गर्ने नयाँ क्षेत्र नखोजेकाले पनि सेयर बजारमा पैसा आएको उनको तर्क छ । मौद्रिक नीतिप्रति लगानीकर्ता आशावादी भएकाले बजारमा प्रभाव परेको कोइरालाको बुझाइ छ । 

चालु वर्षको उच्च विन्दु पार गर्न सक्छ नेप्सेले

गत आर्थिक वर्ष २०७८/०७९ को असार महिनाको नेप्से सूचक हेर्दा चालु आर्थिक वर्ष २०७९/०८० को असारमा पनि बजार केही बढ्ने संकेत देखिन्छ । नेपाल राष्ट्र बैंक साउनको पहिलो हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ । मौद्रिक नीति सार्वजनिक हुने दिनसम्म बजारमा व्यापक उतारचढाव आउने देखिन्छ । 

गएको पुस २५ गते नेप्से परिसूचक चालु आर्थिक वर्षकै उच्च विन्दुमा पुगेको थियो । सो दिन नेप्से २२११.७६ विन्दुमा पुगेर बन्द भएको थियो । 

चालु आर्थिक वर्षको उच्च विन्दु आसारमा तोडिन सक्ने पनि देखिन्छ । चालु आर्थिक वर्षको कारोबारमा सात अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्से बढेसँगै कारोबार रकम बढ्ने भएकाले पनि कारोबार रकमको रेकर्ड असार महिनामा तोडिन सक्ने सम्भावना  छ ।

तर, नेप्से परिसूचकको हालसम्मको उच्च विन्दु भने ३१९८ रहेको छ । उक्त विन्दु नेप्सेका लागि स्वर्णिम विन्दु हो । यो विन्दु २०७८ भदौ २ गते कायम भएको थियो । उक्त दिन २१ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

त्यस्तै, उक्त विन्दु कायम गर्ने अघिल्लो दिन साउन ३१ गते हालसम्मकै उच्च मूल्यको सेयर खरिद बिक्री भएको थियो । सो दिन २१ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro