अर्थ व्यवसाय
16138872711681016527.jpg)
काठमाडौं । नेपाली बजारमा आइतबार (जेठ २५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ७०० रुपैयाँ कायम छ । गएको शुक्रबार (जेठ २३) छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्