site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (जेठ २५) २५ अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्न लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआतदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । हाल कुल निक्षेप ६९ खर्ब ४५ अर्बमाथि पुगेको छ ।

Argakhachi Cement Island Ad

निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो । ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिनेछ । बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आउँदो साउन ४ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्