site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीको प्रदर्शन (तस्बिर)

काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुनचाँदीका गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बजेटमा अव्यावहारिक र अनावश्यक रूपमा दुई प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

Argakhachi Cement Island Ad

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागु गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले बताए । 

बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ ।

उनीहरूले ‘सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर’, ‘हामी विरोधमा छौँ’, ‘उपभोक्ता, कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर’लगायत प्लेकार्ड प्रदर्शन गरेका छन् । 

 

sunchadi1-1749364056.JPG

sunchadi-1749364056.JPG

sunchadi5-1749364056.JPG

sunchadi4-1749364056.JPG

sunchadi3-1749364056.JPG

sunchadi-1749364031.JPGहिमालयन टेलिभ्वाइस

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्