site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरक्षा अवस्थामा सुधार नभए सम्पूर्ण सेवा बन्द गर्ने लघुवित्तहरूको चेतावनी

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा अवस्थामा सुधार नभए लघुवित्त वित्तीय संस्थाहरूले सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ । सोमबार लघुवित्त बैंकर्स संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्त वित्तीय संस्थाहरूमाथिको अराजक गतिविधिहरू बन्द नभए देशभरको सम्पूर्ण वित्तीय सेवा बन्द गर्ने बताएको हो ।

लघुवित्त बैंकर्स संघले आज ७७ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएको छ ।

संघले पछिल्लो समय कानुनभित्र रहेर सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूमाथि लगातार रूपमा प्रत्यक्ष आँच पुर्‍याउने र लाखौँ जनताको बैंकिङप्रतिको भरोसालाई प्रभावित पार्ने काम भएको बताए । त्यस्ता कार्य तत्काल बन्द गर्न सरकारसँग मागसमेत गरेको छ ।

नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त लम्सालले लघुवित्त वित्तीय संस्थाहरूमाथि भएको अराजक गतिविधिमा सरकारले सुरक्षा दिन नसकेको गुनासो गरे । वित्तीय संस्थाहरूमा लगाएको लगानीको असुरक्षा बढेको उनको भनाइ छ । उनले अहिलेकै अवस्थाको सुरक्षा व्यवस्था हुने हो र सुरक्षा व्यवस्था सुधार नहुने हो भने वित्तीय कारोबार सञ्चालन गर्न नसक्ने बताए ।

संघका महासचिव रामबहादुर यादवले अहिलेकै अवस्था रहे लघुवित्त संस्थाहरूलाई कसैले बन्द गर्नु नपर्ने र आफैँ बन्द हुने अवस्थामा पुग्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro