site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद खतिवडाको प्रश्न : पशुपतिनाथले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नामबाट झरेको पानी खानुपर्ने हो ?
फाइल तस्बिर।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ ? भन्नेकुराको सत्यतथ्य आउनुपर्ने बताए ।

“हामीले कसैलाई पनि मिथ्या आरोप लगाएर राजनीति गर्दैनौँ । हामीलाई झुटको राजनीति गर्नुछैन । तर, त्योभन्दा ठूलो कुरा भनेको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ, यो बाध्यता किन गरियो ?,” उनले भने, “महादेवलाई उहाँहरुको नामबाट पानी खुवाउने चलन, पशुपतिनाथलाई खुवाउने चलन किन परेछ ? यसमा छलफल गर्नुपर्छ । सत्यतथ्य ल्याओस् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro