site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हर्कलाई बालेनले भने– तपाईंको सुखमा सबै होलान्, दु:खमा म छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दु:खमा साथ दिन तयार रहेको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गरेका थिए ।

"पसिनाको भेल बगाएर अनेक दु:ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू," साम्पाङले लेखेका छन् ।

उनको पोस्टमा प्रतिक्रिया जनाउँदै बालेन आफू दु:खमा साथ दिने बताएका हुन् ।

"केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर , केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दु:खमा हामी छौँ, म छु, सधैँ हुनेछौँ," बालेनले भनेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro