site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्डलाई श्रीलंकाले दियो ३२६ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा श्रीलंकाले आयरल्यान्डसामु ३२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार जिम्बाब्वेस्थित क्विन्स स्पोर्ट्स क्लबमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर ३२५ रनको योगफल खडा गर्यो ।

श्रीलंकाका दिमुथ करुणारत्नेले १०३ रन बनाए । उनले १०३ बलमा आठ चौका प्रहार गरे । सदिरा समराविक्रमाले ८२ रन थपे । धनन्जय डी सिल्भाले अविजित ४२, चरिथा असलांकाले ३८ र पथुम निसांकाले २० रन जोडे ।

आयरल्यान्डका मार्क अडायरले चार विकेट लिए । ९.५ ओभर बलिङ गरेका अडायरले एक मेडन राख्दै ४६ रन खर्चिए । बेरी म्याकार्थीले तीन विकेट लिँदा गारेथ डेलानीले दुई विकेट हात पारे ।

समूह ‘बी’ मा रहेका दुवै टिमको यो तेस्रो खेल हो । समूहमा श्रीलंकाले यसअघिका दुवै खेलमा जित निकाल्दा आयरल्यान्ड भने जितविहीन छ ।

छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिम यसै वर्ष भारतमा हने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro