देश
काठमाडौं । पछिल्लो तीन घण्टामा देशका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । रोल्पाको लिवाङ, प्युठानको रजवारा र दाङको सुख्बारेमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षाका कारण उक्त स्थान आसपास भई बहने साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्छ । ती क्षेत्रमा रातिसम्म सतर्क रहन विभागले आग्रह गरेको छ ।
“असार ०९, बेलुका ८ः४५ । पछिल्लो तीन घण्टा रोल्पाको लिवाङ, रजवारा प्युठान र सुख्बारे दाङमा भारी वर्षा मापन भएकोले उक्त स्थान आसपास भई बहने स–साना खहरेखोलामा आकस्मिक बाढी हुनको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्छ, रातिसम्म सतर्क रहौँ,” विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० २१:५३
प्रतिक्रिया दिनुहोस्