site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समर्थकले जे मन लाग्यो त्यही गर्दा नेतालाई असर गर्छ : रवि लामिछाने
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा उनले यस्तो बताएका हुन् ।

उनले ०८४ को निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता–कार्यकर्ताले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘जान्नेलाई छान्ने’ काम गरिए राम्रा मानिस पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गराउने उनको तर्क छ ।

KFC Island Ad
NIC Asia

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर समेत गरे । लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न सिंगो पार्टीपंक्तिलाई आह्वान गरे ।

नयाँ पार्टी र व्यक्तिहरूबीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने उनले बताए ।

Royal Enfield Island Ad

सामाजिक सञ्जालमार्फत असहिष्णु व्यवहार प्रदर्शन नगर्न पनि उनले पार्टीका कार्यकर्ता र समर्थकलाई सचेत गराए । विपक्षको भन्दा माथि उठेर गालीगलौजको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने उनको भनाइ छ ।

इमानमा रहेका दिनसम्म मात्र नेताहरूको बचाउमा लाग्न उनले सिंगो पार्टीपंक्तिलाई सचेत गराए । उनले सभ्य र शिष्ट ढंगले विपक्षीको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पटकपटक दोहोर्‍याए ।

“हाम्रा समर्थकहरू, हाम्रा सदस्यहरू सामाजिक सञ्जालमा असहिष्णु छन्, असाध्यै धेरै गालीगलौैज गर्छन् भनेर आरोप लागेको छ । अब त्यो आरोप खेपेर बस्न मिल्दैन । एउटा राजनीतिक दलका रूपमा समर्थकहरूले जे मन लाग्यो, त्यही भनिरहँदाखेरि त्यो दलको नेताहरूलाई त्यसको असर पर्छ । यो माया गर्नुहुने, समर्थन गर्नुहुने तपाईं साथीहरूका अगाडि नभने मैले कसका अगाडि भन्ने ? मैले तपाईंहरूलाई यति बिन्ती नगरे कसलाई गर्ने ?,” उनले भने, “पार्टी सभापतिको हैसियतले मैले फेरि पनि तपाईंहरूलाई भन्न चाहन्छु– आएका गाली, आलोचनाहरूलाई त्यो भन्दा तल गएर गाली गर्नु हुँदैन । हो, आफ्नो नेतालाई बचाउनुपर्छ । सबैले आफ्नो नेतालाई बचाउँछन् । आफ्नो नेता इमानमा रहेका दिनसम्म बचाउने हो । इमान छोडेको दिन कसैले बचाउनु पर्दैन । म यो पनि तपाईंहरूलाई भन्न चाहन्छु– इमानमा रहुन्जेल बचाउनुपर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाइदिनुभयो भने – ओहो, रास्वपाका समर्थकहरू त कति शिष्ट भएछन् ! पहिला त कस्तो थिए, अहिले त कति राम्रा भएछन्, आलोचना त गर्छन्, सुन्छन्, तर कति सभ्य र शिष्ट ढंगले गर्छन् भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनुपर्नेछ । त्यसकारण माया गर्न पनि जान्नुपर्छ साथीहरू ।”

भ्रष्टहरूलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहने प्रतिबद्धता समेत उनले दोहोर्‍याए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro