site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहको प्रश्न : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भैँसी चराउन बनाउन लागिएको हो ?
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले सो बनाउने कुरामा आफ्नो आपत्ति रहेको समेत बताए ।

Argakhachi Cement Island Ad

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो । उनले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताए ।

सांसद सिंहले के भैँसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ? भन्दै सरकारलाई प्रश्न समेत गरे । “विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने । तर, त्यसमा सोहीअनुसारको व्यवस्था नहुने । र, अहिले पनि बजारमा भनिएको छ कि, निजगढ एयरपोर्ट बनाउने । के त्यहाँ भैँसी चराउनका लागि एयरपोर्ट बनाउने ?”

सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत पनि गराए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्