site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले क्यानेडाली नागरिकलाई प्रयोग गरी जासुसी गरिरहेको आरोप
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चीनले विशेष उच्च क्षमताका क्यानाडाली नागरिकहरूलाई जासुसी गर्न लगाइरहेको आरोप लागेको छ ।

चिनियाँ गुप्तचर अधिकारीहरूले क्यानाडाली नागरिकलाई उनीहरूले थाहा नपाउने गरी बेइजिङका लागि जासुसी गर्न लगाइरहेको क्यानाडाको राष्ट्रिय जासुस एजेन्सीले बताएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चीनले आफ्ना विभिन्न आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको आरोपकाबीच क्यानाडाली सुरक्षा खुफिया सेवा (सीएसआईएस)को चेतावनी आएको हो ।

चिनियाँ गुप्तचर अधिकारीहरूले गोप्य र विशेषाधिकार प्राप्त जानकारीमा पहुँच पुर्‍याउन कसरी स्वदेशी र विदेश क्यानाडालीहरूलाई लक्षित गरिरहेको छ भने विस्तृत कुरा खुलाउँदै सीएसआईएसले मंगलबार साँझ ट्विटर थ्रेड पोस्ट गरेको थियो ।

Royal Enfield Island Ad

"उनीहरूले रणनीतिक क्षेत्रमा सक्रिय रूपमा जागिर खोजिरहेका वा हाई भ्याल्यू कागजपत्र भएका व्यक्तिहरूलाई खोजिरहेका छन्," सीएसआईएसले भनेको छ, "लिंक्डइन र अन्य सबै अनलाइन प्लेटफर्ममा तपाई कोसँग जोडिँदै हुनुहुन्छ भन्नेमा सावधान रहनुहोला ।"

जासुसीका लागि सुरुमा लिंक्डइनबाट मान्छेको खोजी हुने पोस्टमा भनिएको छ । त्यसपछि ती व्यक्तिहरूलाई पैसा दिएर विभिन्न रिपोर्ट लेख्न लगाइने क्यानेडाली गुप्तचर निकायको भनाइ छ । पछिल्ला महिनाहरूमा चीन र क्यानाडाबीचको सम्बन्ध  विभिन्न किसिमका आरोप प्रत्यारोपका कारण बिग्रिँदै गएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro