site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा महानगरको अनुदान रकम छुटेपछि एमालेले गर्‍यो संसद् अवरुद्ध
SkywellSkywell

पोखरा । आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलको दोस्रो दिन एमालेले सुरुमा नै गण्डकी प्रदेश सभा अवरुद्ध गर्‍यो । प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभा बैठक स्थगित भएको यो पहिलो घटना हो ।

बिहीबार नियमित कार्यसूची अनुसार बजेट वक्तव्यमाथिको छलफल हुनुपर्ने थियो । तर, बजेटमा गल्ती रहेको भन्दै त्यसलाई नसच्याएसम्म आफूहरूले सदन चल्न गर्न नदिने अडान एमालेले राख्यो ।

उभिएर विरोध गरिरहेका एमालेका सांसदहरूलाई सभामुख कृष्ण धितालले बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरे । तर, एमाले आफ्नो अडानमा कायम रह्यो । एमालेले विरोध जनाएपछि सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीलाई बोल्न समय दिए ।

KFC Island Ad
NIC Asia

नेपालीले बजेट वक्तव्य र व्यय अनुमानको विवरणमा एउटै शीर्षकको विवरण फरक परेको विषय गम्भीर रहेको हुँदा जवाफ दिनुपर्ने माग राखे ।

“असार १ गते माननीय अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई गरिने समानीकरण, समपूरक, ससर्त र विशेष अनुदान गरि एकमुष्ट वित्तीय हस्तान्तरण दुई अर्ब २८ करोड २५ लाख उल्लेख गरिएको छ,” उनले भने । 

Royal Enfield Island Ad

उनले अगाडि थपे, "आर्थिक मामिला मन्त्रालयले नै वितरण गरेको व्यय अनुमानको विवरणको पृष्ठ ७ मा उक्त शीर्षकको रकम दुई अर्ब १० करोड ५२ लाख उल्लेख गरिएको छ । यसरी हेर्दा बजेट वक्तव्य भन्दा २७ करोड ९४ लाख रुपैयाँ कम छ । बजेटमाथिको छलफलमा हामीले कुन अंकलाई आधार मानेर बोल्ने माननीय मन्त्रीज्यू ? यो गम्भीर लापरबाही हो । यस्तो लापरबाही कहाँबाट कसरी हुन गयो ? जानकारी गराइयोस् ।”

उनले प्रदेश सभा बैठकमा बजेट वक्तव्य र व्यय अनुमानको विवरण फरक परेको उल्लेख गरे पनि फरक परेको रकम चाहिँ २७ करोड ९४ लाख रुपैयाँ होइन । उनकै तथ्यांक अनुसार पनि १७ करोड ७३ लाख हुन आउँछ ।

प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेश सभामा पेस गरेको बजेट वक्तव्य अनुसार स्थानीय तहहरूलाई विभिन्न चार शीर्षकका अनुदानमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिने उल्लेख छ ।

बुँदा नम्बर १७ देखि २० सम्म के छ ?

१७. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम स्थानीय तहको भूगोल र जनसंख्याका आधारमा स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानलाई रु १ अर्ब  १६ करोड विनियोजन गरेको छु ।

१८. प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा स्थानीय तहको मागबमोजिम  समपूरक आयोजना सञ्चालन गर्न रु ४९ करोड ४० लाख विनियोजन गरेको छु ।

१९. प्रदेश सरकारको क्षेत्राधिकारभित्रका आयोजनालाई स्थानीय तहमार्फत कार्यान्वयन गराउन सशर्त अनुदान रु २३ करोड ६५ लाख विनियोजन गरेको छु ।

२०. शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई तथा आर्थिक सामाजिक विभेद अन्त्य गर्न स्थानीय तहबाट माग भई आएका आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न रु १९ करोड २० लाख विशेष अनुदान विनियोजन गरेको छु ।

स्थानीय तहहरूमा हस्तान्तरण हुने यो अनुदानको कुल रकम दुई अर्ब ८ करोड २५ लाख हुन आउँछ ।

त्यस्तै, आर्थिक मामिला मन्त्रालयले नै प्रकाशन गरेको व्यय अनुमानको विवरण २०८०/०८१ मा अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुदानको दुई अर्ब १० करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यी दुई विवरणबाट २ करोड ३० लाख रुपैयाँ रकम फरक हुन आउँछ ।

एमालेले यो रकम कहाँ गयो भनेर प्रश्न गरेको थियो । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनीपछि सभामुख धितालले बैठक ३० मिनेटका लागि स्थगित गरे । पछि आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले प्रदेश सभामा जवाफ दिने भएपछि बिहीबार पुनः बैठक चल्यो । 

बैठकको सुरुमा नै मन्त्री आलेले जवाफ दिए । व्यय अनुमानको विवरण र बजेट वक्तव्यमा एउटै शीर्षकको रकम फरक पर्नुमा पोखरा महानगरपालिकालाई जाने अनुदान छुट भएको उनले जानकारी दिए ।

“पोखरा महानगरपालिकाको वित्तीय हस्तान्तरणको विवरण छुटेको बेहोरा जानकारी गराउन चाहान्छु । पोखरा महानगरपालिकाको दुईवटा शीर्षकमा विनियोजन गरेको बजेट छुट हुन गएको छ,” उनले भने ।

बजेट वक्तव्यमा प्रदेश सरकारले पोखरा महानगरपालिकालाई दिने समपूरक र वित्तीय समानीकरण अनुदान छुटेको जानकारी दिए ।

पोखरा महानगरले पाने अनुदान जोड्दा समपूरक अनुदानको रकम ४९ करोड ४० लाख उल्लेख भएकोमा पोखरा महानगरपालिकालाई विनियोजन भएको एक करोड ५० लाख थप गर्दा  ५० करोड ९० लाख हुन आउँछ ।

ससर्त अनुदानतर्फ २३ करोड ६५ लाख विनियोजन भएकोमा पोखरा महानगरपालिकाको ८० लाख छुटेको उनले जानकारी दिए । यो रकम थप गर्दा ससर्त अनुदानको बजेट २४ करोड ४५ लाख हुन्छ ।

वित्तीय समानीकरण अनुदानको बजेट पनि एक अर्ब १६ करोडको सट्टा १ अर्ब २६ करोड रहेको उनले जानकारी दिए । विशेष अनुदानको रकम भने १९ करोड २० करोड रुपैयाँ नै रहेको उनले जानकारी दिए ।

एमालेले प्रदेश सभामा वार्षिक विकास कार्यक्रम अहिलेसम्म नपाएको प्रश्न उठाएको थियो । आफूहरूले वार्षिक विकास कार्यक्रम कुरिरहँदा सत्तपक्षका सांसदहरूले भने योजनाहरूको बारेमा जानकारी पाइसकेको र सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लगाएको थियो ।

मन्त्री आलेले बजेट वक्तव्यमाथिको छलफल सकिसकेपछि मात्रै वार्षिक विकास कार्यक्रममाथिको छलफल हुने हुँदा ढिलाइ भएको जानकारी दिए । वार्षिक विकास कार्यक्रम कसैले नपाएको र छिट्टै प्रदेश सभामा टेबुल हुने उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro