site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हुवावे नेपाल : फ्युजन चार्जमार्फत स्मार्ट विद्युतीय सवारीसाधन पूर्वाधार विस्तार

काठमाडौं । हुवावे नेपालले ‘फ्युजन चार्ज’ नामक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्ने प्रविधि तथा पूर्वाधार सार्वजनिक गरेको छ । गाडी चार्ज प्रालि र नेपाल एकरात इन्जिनियरिङ कम्पनी (निक)सँगको सहकार्यमा विश्व वातावरण दिवस, २०८२ का अवसरमा हुवावेले हेटौँडामा पहिलो फ्युजन चार्ज केन्द्र सञ्चालनमा ल्याएको हो ।

यो वर्षको अन्त्यसम्म देशभर थप नौ स्थानमा यस्ता केन्द्र स्थापना गर्ने कम्पनीको योजना छ । फ्युजन चार्ज प्रविधि हुवावेको नयाँ पुस्ताका निम्ति विकसित अत्याधुनिक समाधान हो । यसले सौर्य ऊर्जाबाट उत्पादित विद्युतीय शक्ति (फोटोभोल्टिक – पीभी) तथा ऊर्जा भण्डारण प्रणाली (ईएसएस)लाई एकीकृत गर्दै विद्युत् ग्रीडसँग जोड्नेछ ।

Argakhachi Cement Island Ad

यसले उच्च कार्यक्षमता भएको, छिटो र भरपर्दो चार्जिङ अनुभव प्रदान गर्छ । यो प्रविधिले ५०० किलोवाटसम्मको अति छिटो चार्जिङ (अल्ट्रा–फास्ट)चार्ज गर्छ ।

८० प्रतिशतसम्म ऊर्जाको उपयोग दक्षता, –३५ देखि ४५ डिग्री सेल्सियस तापक्रमसम्म असर नपर्ने लिक्विड कुल्ड मोड्युलर संरचना, १० वर्षभन्दा लामो आयु, न्यून आवाज (५० डेसिबलभन्दा कम) र सबै प्रकारका सवारीसाधनसँग मिल्ने यसका अरू प्रमुख विशेषता हुन् ।

यसले नेपालको हरित ऊर्जा लक्ष्य तथा वातावरणमैत्री यातायात प्रणालीलाई मजबुत पार्ने विश्वास गरिएको हुवावे नेपाल जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्