site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लन्डनकै दोस्रो स्थानमा ब्लुम्स्बरी इन्स्टिच्युट, नेपाली विद्यार्थीबीच लोकप्रिय

काठमाडौं । ब्लुम्स्बरी इन्स्टिच्युटले सन् २०२४ को राष्ट्रिय विद्यार्थी सर्वेक्षण (नेसनल स्टुडेन्ट सर्भे)मा व्यवसाय अध्ययन (बिजनेस स्टडी)तर्फ लन्डनभर दोस्रो स्थान हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ । सन् २००२ मा स्थापित यो शिक्षालय सेन्ट्रल लन्डनको बेडफर्ड स्क्वायरमा अवस्थित छ ।

अत्याधुनिक सुविधा, गुणस्तरीय पठनपाठन र विद्यार्थीमैत्री वातावरणका कारण यो इन्स्टिच्युट निरन्तर अग्रस्थानमा रहँदै आएको छ । नेपालमा ब्लुम्स्बरी इन्स्टिच्युटको प्रतिनिधित्व गर्ने एआर एजुकेसनकी उपनिर्देशक सञ्जना पाण्डे भन्छिन्, “यो उपलब्धि सानो हैन । हामीले सुरुआतदेखि नै नेपाली विद्यार्थीहरूलाई यो कलेजमा पठाउँदै आएका छौँ । अन्तर्राष्ट्रिय विद्यार्थीप्रति उच्च सम्मान देखाउने र नेपाली विद्यार्थीलाई विशेष सहयोग गर्ने यस कलेजले भिसा सफलता दर समेत राम्रो राखेको हाम्रो अनुभव छ ।”

Argakhachi Cement Island Ad

उक्त कलेजमा ४० भन्दा बढी देशका विद्यार्थी अध्ययनरत छन् । नेपाली विद्यार्थीको संख्या पनि उल्लेखनीय छ । “कलेज सेन्ट्रल लन्डनमा रहेको, अध्ययनमा उत्कृष्ट, समस्याको तत्काल समाधान गरिदिने प्रशासन, किफायती शुल्क संरचना र राम्रो प्रतिष्ठाको कारण विद्यार्थीहरूबीच यो कलेज लोकप्रिय छ,” उनले भनिन् ।

ब्लुम्स्बरी इन्स्टिच्युटले व्यवसाय अध्ययन मात्र नभई अरू शैक्षिक सुविधाका आधारमा पनि लन्डनभरका विश्वविद्यालयमध्ये दोस्रो स्थान हासिल गरेको हो । यो कलेजमा फेब्रुअरी, जुन र अक्टोबर गरी वर्षमा तीनपटक विद्यार्थी भर्ना गरिन्छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्