काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा दुई पटककको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध नेपालका ललितनारायण राजवंशीले सफलता दिलाएका छन् ।
जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको ४८औं ओभरको पहिलो बलमा वेस्ट इन्डिजका रोभमन पावेललाई गुल्सन झाबाट क्याच गराए ।
जारी खेलको ४७.२ औं ओभरको खेल सकिँदा वेस्ट इन्डिजले पाँच विकेट गुमाएर ३१४ जोडेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।
छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।
यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।