site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तीन रनमा जीवनदान पाएका पुरनको शतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध वेस्ट इन्डिजका मध्यक्रम ब्याटर निकोलस पुरनले शतक बनाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि पुरनले ८१ बलमा नौ चौका र चार छक्कासहित १०० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पुरनको यो दोस्रो शतक हो ।

पुरनले पछिल्लोपटक सन् २०१९ को एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध शतक बनाएका थिए । त्यसयता ११ अर्धशतक बनाए पनि पुरनले त्यसलाई शतकमा परिणत गर्न सकेका थिएनन् ।

Dabur Nepal
NIC Asia

पुरन तीन रनमा खेलिरहँदा नेपालका विकेटकिपर आसिफ शेखले क्याच छुटाएका थिए । ललितले गरेको १८औं ओभरको अन्तिम बलमा एज लाग्दा विकेटकिपर आसिफ क्याच मिस गरेका थिए ।

पुरन ५४ रनमा हुँदा पनि आसिफले पुनः क्याच छुटाएपछि उनले दोस्रोपटक जीवनदान पाएका थिए । ५५-३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका पुरनले हाल कप्तान साई होपसँग १८६ रनको साझेदारी गर्दै टिमको इनिङ उकासिरहेका छन् ।

पुरनलाई साथ दिइरहेका होपले १०२ रन बनाएका छन् । जारी खेलको ४० ओभर समाप्त हुँदा वेस्ट इन्डिजले तीन विकेट गुमाएर २४१ रन बनाएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro