site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एलन मस्क र मार्क जुकरबर्ग 'केज फाइट' लड्न तयार

काठमाडौं । विश्वका धनाढ्य व्यक्तिहरु  मिक्सड मार्सल आर्ट्स (एमएमए) अर्थात ‘केज फाइट’ लड्न तयार भएका छन् ।

टेस्ला, स्पेसएक्स एवं ट्विटरका मालिक मस्कले जुकरबर्गसँग केज फाइटका लागि तयार रहेको भन्दै ट्विट गरेका छन् ।

फेसबुक र इन्स्टाग्रामको मुख्य कम्पनी मेटाका मालिक जुकरबर्गले त्यसपछि 'मलाई ठाउँ पठाउनुहोस्' भनेर लेख्दै मस्कको ट्विटको स्क्रिनसट पोस्ट गरेका थिए ।

मस्कले त्यसपछि जुकरबर्गको प्रतिक्रियाको जवाफ दिँदै 'भेगास अक्टागन' ठाउँको नाम लेखेका छन् ।

अल्टिमेट फाइटिंग च्याम्पियनसिप (यूएफसी) बाउटका लागि अक्टागन चर्चित ठाउँ हो ।  यूएफसी फाइट लस भेगासकै नेभाडामा चल्छ ।

यस विषयमा मेटाका प्रवक्ताले बीबीसीलाई कथा आफै बोल्ने भन्दै प्रतिक्रिया दिएका छन् ।

जुन २८ मा ५२ वर्ष पुग्ने मस्कले आफूसँग दी बालरस भन्ने कला रहेको र आफू प्रतिद्वन्द्वीको माथि सुतेर केही पनि नगर्ने भनेका छन् । मस्कले कहिले काहीँ बच्चाहरुलाई हावामा फ्याँक्नेबाहेक आफूले कहिल्यै कुनै कसरत नगरेको भनेर लेखेका छन् ।

३९ वर्षीय जुकरबर्गले भने पहिले नै मिश्रित मार्शल आर्ट (एमएमए)को प्रशिक्षण लिइसकेका छन् ।  जुकरबर्गले हालै मार्शल आर्ट टुर्नामेन्ट जिउ जित्सु जितेका छन् । यस विषयमा ट्विटरले कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro