site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्ध वेस्ट इन्डिजका पुरनको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध वेस्ट इन्डिजका मध्यक्रम ब्याटर निकोलस पुरनले अर्धशतक बनाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि पुरनले ५१ बलमा तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पुरनको यो १२औं अर्धशतक हो ।

पुरन तीन रनमा खेलिरहँदा नेपालका विकेटकिपर आसिफ शेखले क्याच छुटाएका थिए । ललितले गरेको १८औं ओभरको अन्तिम बलमा एज लाग्दा विकेटकिपर आसिफ क्याच मिस गरेका थिए । ५५-३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका पुरनले हाल कप्तान साई होपसँग ११५ रनको साझेदारी गर्दै टिमको इनिङ उकासिरहेका छन् । पुरनलाई साथ दिइरहेका होपले ८१ रन बनाएका छन् ।

जारी खेलको ३३ ओभर समाप्त हुँदा वेस्ट इन्डिजले तीन विकेट गुमाएर १७० रन बनाएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro