site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली विशेषताको समाजवाद निर्माण गर्न मोर्चा बनायौँ : जसपा
SkywellSkywell

काठमाडौं । जनता समाजवादी पार्टीले विभेदरहित समाजको निर्माण गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न समाजवादी मोर्चा गठन गरिएको जनाएको छ ।

बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जसपाले मुलुकमा देखापरेका राष्ट्रिय समस्या समाधान गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न मोर्चा गठन गरिएको जनाएको हो ।

KFC Island Ad
NIC Asia

पत्रकार सम्मेलनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले घोषित साझा विषयमा सहकार्य गर्न मोर्चा गठन गरिएको भन्दै मोर्चामा रहेका दलहरुको अलग अलग अस्तित्व रहने जिकिर गरे । जसपाले आफ्ना एजेण्डा छाडेको भन्ने प्रचार गलत भएको र आफ्ना मुद्दाहरु थप बलियो ढंगले अघि बढाउने आधार तय भएको उनले उल्लेख गरे ।

त्यस्तै, अध्यक्ष यादवले डा बाबुराम भट्टराईलाई मोर्चामा कहिल्यै नदेखेको भन्दै इच्छुक भए समेट्न तयार रहेको उल्लेख गरे । अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको भन्दै उनले सुधार गर्नुपर्ने बताए ।

यादवले राज्यले देशको ठूलो समूदायलाई नागरिकताविहीन बनाएको र अहिले पनि त्यही मानसिकता देखिएको जिकिर गरे । नागरिकतासम्बन्धी कानुनलाई व्यवहारमा लागु गर्नुपर्ने र आफ्नै देशका नागरिकलाई नागरिकता नदिने असंवैधानिक काम गर्न नहुनेमा उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro