site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बंगलादेशमा पर्यटन प्रवर्द्धन गर्दै हान, समझदारीपत्रमा हस्ताक्षर

ढाका । होटेल संघ नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहयोगमा ढाकास्थित होटेल सेराटनमा पर्यटन प्रवर्द्धन तथा बीटूबी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा बंगलादेशका विभिन्न सहरका प्रतिष्ठित संघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायीहरुको उपस्थितिमा होटेल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटेल सदस्यहरुले बीटूबी कार्यक्रम बुधबार सम्पन्न गरेका छन् ।

Dabur Nepal
NIC Asia

नेपाली प्रतिनिधिमण्डललाई नेतृत्व गर्ने होटेल संघका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढावा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बंगलादेशका पर्यटन मन्त्रालयका अतिरिक्त सचिव, बंगलादेश पर्यटन बोर्डका निर्देशक, विभिन्न पर्यटनसँग सम्बन्धित छाता संगठन, सरकारी अधिकारीहरू र सार्क मुलुकको प्रतिनिधित्व गर्ने पत्रकारहरूको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा हान र बंगलादेश इन्टरनेसनल होटेल एसोसिएसन (बिहा)बीच पर्यटन प्रवर्द्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासका लागि सहकार्यका लागि अवसर खोज्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । पत्रमा हानका अध्यक्ष शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले हस्ताक्षर गरेका छन् ।

बंगलादेशी पर्यटकमाझ नेपालको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै देशको पर्यटन प्रवर्द्धन गर्न हानका अध्यक्ष शाहको नेतृत्वमा २४ सदस्यीय होटेल व्यवसायीको टोली सोमबार बंगलादेश आएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro