site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओमानको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा ओमानले लगातार दोस्रो जित निकालेको छ । ओमानले बुधबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको सहज जित निकालेको हो ।

जिम्बाब्वेको बुलावावे एथलेटिक क्लबमा भएको खेलमा यूएईले प्रस्तुत गरेको २२८ रनको लक्ष्य ओमानले ४६ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।

ओमानको जितमा अकिब इल्यासले ५३ रन बनाए । सोएब खानले अविजित ५२ रन जोडे । मोहम्मद नदिमले ५० रन थप्दा आयान खानले ४१ रन जोडे ।

यूएईका जुनैद सिद्दिकी र रोहन मुस्तफाले समान दुई विकेट लिए । आयान अफजल खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो ।

यूएईका आयान अफजल खानले ५८ रन बनाएका थिए । भ्रित्या अरविन्दले ४९, रमिज साहजादले ३८ र आसिफ खानले २७ रन जोडे ।

ओमानका जय ओडेड्राले तीन विकेट लिए । बिलाल खान र फयज बटले समान दुई विकेट लिए । आयान खानले एक विकेट लिए ।

ओमानले यसअघि पहिलो खेलमा आयरल्यान्डलाई पाँच विकेट लिए । यता, यूएईको भने प्रतियोगितामा लगातार दोस्रो हार हो । यसअघि यूएईले पहिलो खेलमा श्रीलंकासँग १७५ रनले हार बेहोरेको थियो ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro