राजनीति
काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दाबी गरेका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्ने बताए ।
तर, सरकार एमालेको प्रयत्नबिनै ढल्ने उनको भनाइ छ । गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले सरकार ढल्ने उनले बताए ।
उनले एमालेले प्रतिपक्ष दलहरूको मोर्चा नबनाउने पनि बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको पनि टिप्पणी गरे ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० २२:०४
प्रतिक्रिया दिनुहोस्