site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयरल्यान्डविरुद्ध स्कटल्यान्डको रोमाञ्चक जित

काठमाडौं । आईसीसी विश्वकप छनोटमा बुधबार स्कटल्यान्डले आयरल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

जिबाब्वेको बुलावावोस्थित क्विन्स स्पोर्ट्स क्लबमा भएको खेलमा आयरल्यान्डले प्रस्तुत गरेको २८७ रनको लक्ष्य स्कटल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो ।

स्कटल्यान्डलाई जितका लागि अन्तिम ओभरमा आठ रनको आवश्यकता थियो । ४९औँ ओभरको समाप्तिमा स्कटल्यान्डले आठ विकेट गुमाएर २७९ रन बनाएको थियो ।

पहिलो बलमा चौका प्रहार गर्दै मिचेल लियस्कले स्कटल्यान्डलाई सहज जिततर्फ उन्मुख गराएका थिए । दोस्रो बलमा एक रन लिए पनि तेस्रो बलमा भने स्कटल्यान्डले सफयान सरिफलाई गुमाएपछि दबाबमा आएको थियो ।

स्कटल्यान्डलाई जितका लगि अन्तिम तीन बलमा चार रन आवश्यक हुँदा एक विकेटमात्र बाँकी थियो । अन्तिम ओभरको चौथो बल डट हुँदा पाँचौ बलमा एक रन आयो । त्यसपछि स्ट्राइकमा आएका लियस्कले पुनः चौका प्रहार गरेपछि स्कटल्यान्डले रोमाञ्चक जित निकालेको थियो ।

स्कटल्यान्डको जितमा लियस्कले अविजित ९१ रन बनाए । उनले ६१ बलमा नौ चौका र एक छक्का प्रहार गरे । ओपनर क्रिस्टोफर म्याकब्रिडले ५६ रन जोडे । मार्क वाटले ४७, क्रिस ग्रेभेसले २०, टोमस म्याककिन्टोसले १८, जर्ज मुन्सेले १५ रन जोड्दा कप्तान रिची बेरिङ्टनले र ब्रान्डन म्याकमुलमले समान १० रन थपे ।

आयरल्याडका मार्क अडायरले तीन विकेट लिए । जर्ज डकरेल र जस लिटिलले समान दुई विकेट लिँदा कर्टिस क्याम्फेर र बेन ह्वाइटले दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको थियो ।

आयरल्यान्डका कर्टिस क्याम्फेरले १२० रन बनाएका थिए । जर्ज डकरेलले ६९, एन्डी म्याकब्रिनले ३२ र ग्यारेथ डेलानीले १९ रन जोडे ।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलमले पाँच विकेट लिएका थिए । सात ओभर बलिङ गरेका म्याकमुलमले एक मेडन राख्दै ३४ रन खर्चिए ।

क्रिस सोल, मार्क वाट र क्रिस्टोफर म्याकब्रिडले समान एक विकेट लिए ।

यो जितसँगै दुई अंक जोडेको स्कटल्यान्ड समूह ‘बी’ को तेस्रो स्थानमा छ । दुई खेल खेल्दा पनि अंकविहीन आयरल्यान्ड चौथो स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro