site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चाबाट कांग्रेस तर्सिएको छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन् ।

मंगलबार संसद्‌बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन् । उनले अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे । उनले एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरूले समाजवादी मोर्चा घोषणा गरेको बताए ।

उनले भने, “अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरूले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन । हामीले आफ्नो विषय प्रस्ट्याएर जनताका बीचमा जानुपर्छ ।”
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro