site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कुशल भुर्तेल ३९ रनमा आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालले कुशल भुर्तेललाई दोस्रो विकेटको रूपमा गुमाएको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले ओपनर कुशललाई स्कोरबोर्डमा ७४ रन जोड्दा दोस्रो विकेटको रूपमा गुमाएको हो ।

Dabur Nepal
NIC Asia

अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालका कुशलले ५४ बलमा चार चौका र एक छक्कासहित ३९ रन जोडे । कुशल नोस्थुस केन्जिगेको ओभरमा ‘कट एन्ड बोलेड’ भए । कुशलले यसअघि छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध ९९ रन बनाएका थिए ।

जारी खेलको १७ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ७६  रन जोडेको छ । नेपालबाट हाल क्रिजमा रहेका भीम सार्की १८ र कप्तान रोहितकुमार पौडेल एक रनमा खेलिरहेका छन् ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro