site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं–२९ का वडाध्यक्ष ढकाललाई कारबाही गर्न माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक विकास समाज, अनामनगरले काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ । धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोजेको भन्दै कारबाहीको माग गरिएको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सीआईबी, काठमाडौं महानगरपालिकालगायत निकायको ध्यानाकर्षण गराएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिनामा संलग्न हुनु भ्रष्टाचार भएको भन्दै वडाध्यक्ष ढकाललाई तत्काल निलम्बन गरी छानबिन गर्न आग्रह गरिएको छ ।

समाजका अध्यक्ष ओमप्रसाद उप्रेतीले धोबीखोला क्षेत्रको २३ रोपनी सरकारी जग्गा भूमाफियाले बेच्दै हिँडेको भन्दै त्यसको खबरदारीस्वरूप पत्रकार सम्मेलन गर्नुपरेको बताए । स्थानीय सरकार संविधानानुसार चल्नुपर्नेमा उनले जोड दिए ।

Global Ime bank

स्थानीय सरकारले सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने भन्दै उनले बेचेर खाने अधिकार नभएको बताए । “सरकारको नाममा २३ रोपनी सार्वजनिक जग्गा, लालपुर्जा नेपाल सरकारको नाममा रहेको जग्गाहरू थियो । तर, त्यो जग्गालाई यहाँ वरपरका हाम्रै साथीहरूले चार आना जग्गा किन्ने र चार आना दूषित दर्ता गर्ने कर्मचारीको मिलेमतोमा दर्ता गर्ने कामहरू भए ।  यसलाई बदर गर्नुपर्छ, भूमाफियाको पञ्जाबाट जग्गा मुक्त गर्नुपर्छ भनेर, सरकारको जग्गा सरकारकै नाममा रहनुपर्छ भन्ने यहाँ ठूलो अभियान सुरु भएको हो,” उनले भने, “भूमाफियाहरू अहिले जग्गा बाँड्नका लागि सरकार हामी हौँ, तिमीहरू को हौ भन्छन् । स्थानीय सरकारले संविधानानुसार चल्नुपर्छ । स्थानीय सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने हो, बेचेर खाने होइन । स्थानीय सरकार तिमीहरू राम्रो काम गर, राम्रो काम गर्नका लागि भोट दिएको हो । तर, सार्वजनिक जग्गा बेचेर खानका लागि होइन ।’”

समाजका महासचिव रक्षबहादुर रैकामगरले सार्वजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका जनप्रतिनिधिले नै त्यसलाई गुठीमा लगेर हिनामिना गर्नु आपत्तिजनक भएको बताए । सार्वजनिक सरोकारको यो विषयलाई प्रतिनिधिसभामा समेत स्थान दिन समाजले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय