site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेसीबिना उत्रिएको अर्जेन्टिनाले इन्डोनेसियालाई हरायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नियमित कप्तान लियोनल मेसीबिनै मैत्रीपूर्ण फुटबलका लागि इन्डोनेसियाविरुद्ध उत्रिएको अर्जेन्टिनाले २–० को जित निकालेको छ ।

सोमबार इन्डोनेसियाको राजधानी जाकार्तास्थित जेलोरा बङ कर्नो रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनालाई जित दिलाउन लिसान्ड्रो पाराडेज र क्रिस्टियन रोमेरोले समान एक गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ३८औँ मिनेटमा पाराडेजले गरेको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल नै थपे ।

खेलको ५५औँ मिनेटमा रोमेरोले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए । यसपछि कुनै गोल हुन नसक्दा अर्जेन्टिनाले २–० को जित निकालेको हो ।

मैत्रीपूर्ण फुटबलका लागि एसिया भ्रमणमा रहेको अर्जेन्टिनाले यसअघि चीनमा भएको खेलमा अस्ट्रेलियालाई पनि २–० ले नै हराएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय