site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयरल्यान्डलाई ओमानले हरायो

काठमाडौं । आईसीसी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा ओमानले टेस्ट मान्यता प्राप्त आयरल्यान्डविद्ध पाँच विकेटको जित निकालेको छ ।

सोमबार जिम्बाब्वेको बुलावायो एथलेटिक क्लबमा आयरल्यान्डले प्रस्तुत गरेको २८२ रनको लक्ष्य ओमानले ४८.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

ओमानका जितमा कश्यप प्रजापतिले ७२ रन बनाए । उनले ७४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । कप्तान जिसान मक्सुदले ५९ रन बनाए । अकिब इल्यासले ५२, मोहम्मद नदिमले ४६, आयन खानले २१ र सोएब खानले १९ रन बनाए ।

आयरल्यान्डका जस लिटिल र मार्क अडाएरले समान दुई विकेट लिए । जर्ज डकक्रोलले एक विकेट लिए ।

त्यअसघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको आयरल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २८१ रन बनाएको थियो ।

आयरल्यान्डका लागि डकक्रेलले अविजित ९१ रन जोडे । डकक्रेलले ९८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । टेक्टरले ८२ बलमा पाँच चौकासहित ५२ रन बनााए । लोर्कान टकरले २६ र पाउल स्टर्लिङले २३ रनको योगदान गरे । एन्डी म्याकब्रेन र गारेथ डेलेनीले समान २० रन जोडे ।

ओमानका विलान खान र फयाज बटले समान दुई विकेट लिए । जिशम मक्सुद, आयान खान र जय ओडेड्राका नाममा एक÷एक विकेट रह्यो ।

छनोट प्रतियोगितामा आयरल्यान्ड र ओमान समूह ‘बी’मा छन् । यो समूहमा श्रीलंका, युनाइटेड अरब इमिरेट्स (यूएई) र स्कटल्यान्ड समेत छन् ।

प्रतियोगिताको पहिलो दिन समूह ‘ए’अन्तर्गत जिम्बाब्वेले नेपाललाई आठ विकेटले हराएको थियो । दुईपटकको विश्व विजेता वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।

दुवै समूहका शीर्ष तीन टिमले प्रतियोगिताको सुपर–६ मा स्थान पक्का गर्नेछन् । सुपर–६ बाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थान पक्का गर्नेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro