site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हसरंगाको घातक बलिङप्रेरित श्रीलंकाको फराकिलो जित

काठमाडौं । वनिन्दु हसरंगाको घातक बलिङप्रेरित श्रीलंकाले आईसीसी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) माथि १७५ रनको फराकिलो जित निकालेको छ ।

सोमबार जिम्बाब्वेको बुलावायोस्थित क्विन्स स्पोट्स क्लबमा श्रीलंकाले प्रस्तुत गरेको ३५६ रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८० रनमै समेटियो । यूएईका मुहम्मद वसिम र भ्रित्या अरविन्दले समान ३९ रन बनाए । अली नासेरले ३४, रमिज साहजादले २६ र रोहन मुस्तफाले १२ रन जोडे ।

यूएईलाई सस्तैमा समेट्न श्रीलंकाका हसरंगाले ६ विकेट लिए । आठ ओभर बलिङ गरेका हसरंगाले एक मेडन राख्दै २४ रनमात्र खर्चिए । धनन्जय डी सिल्भा, लहिरु कुमारा र महिस थिक्षणाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३५५ रनको बनाएको थियो । ।

१९९६ मा विश्वकपको उपाधि जित्न सफल श्रीलंकाका लागि कुशल मेन्डिसले सबैभन्दा धेरै ७८ रन बनाए । सधीरा समरविक्रमाले ७३ रन बनाउँदा ओपनर पाथुम निसान्काले ५७ र दिमुथ करुणारत्नेले ५२ रन बनाए । चरिथ असलंकाले अविजित ४८ रन बनाए भने वानिन्दु हसरंगा २३ रनमा अविजित रहे ।

यूएईका अली नासरले दुई विकेट लिए । बासिल हमीद, आयान अफजल खान र रोहन मुस्तफाले एक–एक विकेट लिए ।

छनोट प्रतियोगितामा श्रीलंका र यूएई समूह ‘बी’मा छ । यस समूहमा श्रीलंका र यूएईबाहेक आयरल्यान्ड, ओमान र स्कटल्यान्ड छन् । आजै जारी अर्को खेलमा आयरल्यान्डले ओमानलाई जितका लागि २८२ रनको लक्ष्य पेस गरेको छ ।

प्रतियोगितामा पहिलो दिन समूह ‘ए’मा आयोजक जिम्बाब्वेले नेपाललाई आठ विकेटले हराएको थियो भने दुई पटकको विश्व विजेता वेष्ट इन्डिजले अमेरिकालाई ३९ रनले हराएको थियो ।

दुवै समूहका शीर्ष तीन टिमले प्रतियोगिताको सुपर–६ मा स्थान पक्का गर्नेछन् । सुपर–६ बाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थान पक्का गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro