site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रेम चलाउनेसहित ६ जना रिहा

काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिने क्रममा पक्राउ परेका उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् ।

सोमबार दिउँसो २ बजेतिर काठमाडौं जिल्ला अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेसहितलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी परिसर टेकुका प्रवक्ता सीताराम रिजालले नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई छोडिएको जानकारी दिए ।

"चलाउनेसहितका व्यक्तिहरूले अदालतमा होहल्ला मच्चाएका कारण नियन्त्रणमा लिएका थियौँ । तर, उँहाहरूलाई बुझाएर छोडिसकियो," रिजालले बाह्रखरीसहित भने । 

चलाउनेमाथि ०७७ असोज २० गते त्रिविकै परिसरमा भएको हमलामा संलग्नहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।

सरकारले उक्त मुद्दा फिर्ता गर्न महान्यायाधिवक्तामार्फत जिल्ला सरकारी वकिल कार्यालयलाई आइतबार पत्र पठाएको थियो । सरकारको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध चलाउनेसहित सोमबार दिउँसो धर्ना दिन जिल्ला अदालत परिसर पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro