site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले दियो स्थानीय तहका जनप्रतिनिधिलाई बजेट निर्माण प्रशिक्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिहरूलाई बजेट निर्माणसम्बन्धी प्रशिक्षण दिएको छ ।

भर्चुअल माध्यमबाट सोमबार पार्टीले स्थानीय तहमा पार्टीबाट विजयी जनप्रतिनिधहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिएको पार्टी केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भर्चुअल कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय सानेपाबाट पार्टी महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख विश्वकर्माले प्रशिक्षण दिएका छन् । देशभर रहेका स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । त्यसलाई मध्यनजर गरेर पार्टीले बजेटसम्बन्धी प्रशिक्षण दिएको हो ।

“गाउँपालिका प्रमुख, उपप्रमुखहरूलाई बजेट निर्माण र सुशासन सम्बन्धमा जुममार्फत महामन्त्रीद्वय र म भएर प्रशिक्षण दिएका हौँ,” उनले भने, “बिहान साढे आठ बजेदेखि हामीले कार्यक्रम गरेका हौँ ।”

Global Ime bank

विश्वकर्माका अनुसार तीन सेसनमा कार्यक्रम गरिएको छ । कोसी र मधेस प्रदेशका लागि पहिलो, वाग्मती र गण्डकीका लागि दोस्रो तथा कर्णाली र सुदूरपश्चिमका लागि तेस्रो सेसनमा कार्यक्रम गरिएको उनले जानकारी दिए ।

भर्चुअल कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचित जनप्रतिनिधिहरूको पार्टीसँगको सम्बन्धको विषयमा र गगन थापाले बजेट विनियोजन कसरी गर्ने र परिणामउन्मुख बनाउने विषयमा जानकारी गराएका थिए । आफूले सुशासन र विकास कसरी सँगै लाने भनेर जनप्रतिनिधहरूलाई आइडिया सेयर गरेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement