
काठमाडौं । उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत काठमाडौं परिसरबाट प्रहरी नियन्त्रणमा परेका छन् ।
आफूलाई कुटपिट गर्ने विद्यार्थी नेताविरुद्धको मुद्दा सरकारले फिर्ता लिएको भन्दै उनी अनशन बस्नका लागि जिल्ला अदालत काठमाडौंमा प्रवेश गरेका थिए ।
त्यहाँ उनले नाराबाजी सुरु गरेपछि पक्राउ गरिएको अदालत सुरक्षामा रहेका प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार उनीसहित ६ जना पक्राउ परेका छन् ।
“अदालत परिसरभित्र उहाँसहितले नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो,” काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बाह्रखरीसँग भने, “उहाँसहित अन्य पाँचजना पनि पक्राउ गरिएको छ ।”
रिजालका अनुसार पक्राउ परेका सबैजनालाई प्रहरी प्रभाव सिंहदरबारमा राखिएको छ ।