site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउनेलाई सांघातिक हमाल गरी घाइते पार्नेहरुविरुद्ध चलेको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको छ । चलाउनेमाथि ०७७ असोज २० गते त्रिविकै परिसरमा भएको हमलामा संलग्नहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।

हमलामा संलग्न नेविसंघका विद्यार्थी नेताहरु योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रूपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरविरुद्ध मुद्दा दायर भएको थियो ।

गृहमन्त्रीको निर्देशनमा उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने तयारी !

उक्त मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई पत्र पठाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले महान्यायाधिवक्ताको पत्र आइतबार प्राप्त भएको जानकारी दिए ।

उनले भने, “मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयबाट पत्र आएको छ, अब मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिन्छ ।”

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ अनुसारको ज्यान मार्ने उद्योगमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दायर भएको थियो । उक्त मुद्दा मुलुकी फौजदारी संहिता, २०७४ को दफा ११६ बमोजिम सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको नेउपानेले जानकारी दिए ।

“सरकारवादी भएका केही मुद्दाहरु संहिताको दफा ११६ बमोजिम फिर्ता लिने अधिकार नेपाल सरकारलाई छ । सोही दफाबमोजिम उक्त ज्यान मार्ने उद्योग समेत फिर्ता लिन सकिन्छ,” नेउपानेले बाह्रखरीसित भने ।

सो दफाअनुसार मुद्दा फिर्ता लिँदा सरकारले महान्यायाधिवक्ताको परामर्श लिएर मुद्दा फिर्ता लिने निर्णय गर्न सकिने व्यवस्था रहेको छ । त्यसरी मुद्दा फिर्ता लिने निर्णय सरकारले महान्यायाधिवक्तामार्फत सम्बन्धित जिल्ला सरकारी वकिललाई जानकारी दिएर मुद्दा फिर्ता लिन निर्देशन दिन्छ ।

चलाउनेविरुद्ध सांघातिक हमला गर्नेविरुद्धको ज्यान मार्ने उद्योग उक्त दफाबमोजिम फिर्ता लिएको छ । मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन थियो । अन्तिम सुनुवाइका लागि मंगलबारलाई पेसी समेत तोकिएको थियो ।

सांघातिक आक्रमणमा परेका चलाउने गम्भीर घाइते भएका थिए । उनको दाहिने खुट्टामा तीनवटा रड नै राख्नुपर्ने गरी चोट लागेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro