site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशमा बाढीपहिरो : आठजनाको मृत्यु, २८ बेपत्ता (अपडेट)
ताप्लेजुङको दृष्य । तस्बिर : रासस ।

विराटनगर । अविरल वर्षासँगै कोसी प्रदेशका हिमाली र पहाडी जिल्लामा आएको बाढीपहिरोमा परी हालसम्म आठजनाको मृत्यु भएको छ । ती घटनामा परी नौजना घाइते भएका छन् । २८ जना बेपत्ता छन् ।

गएको शनिबारयताको बाढीपहिरोमा परी सातजनाको मृत्यु पुष्टि भएको कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ताप्लेजुङमा तीन, पाँचथरमा दुई, भोजपुर र संखुवासभामा एक÷एकजनाको मृत्यु भएको छ । तीमध्ये पाँचजना पहिरोमा पुरिएका थिए । दुईजनालाई खोलाले बगाएको मन्त्रालयले जनाएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा भोजपुरको ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका–९ का २६ वर्षीय सन्तोष राई, पाँचथरको फालेलुङ–४ का आठ वर्षीया जुना साउदेन, पाँचथरकै फिदिम–११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङको फिदिङ्वा–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राई छन् ।

यस्तै, धनकुटास्थित तमोर नदीमा पाँचथरकी २५ वर्षीया एलिसा माझीको शव फेलापरेको प्रहरीले जनाएको छ ।

कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङबोको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित टोलीले आइतबार बाढीपहिरो प्रभावित जिल्लाको हेलिकोप्टरबाट निरीक्षण गरेको थियो । बाढीका कारण विभिन्न भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro