site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको हो : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताएका छन् । 

आइतबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताए । सरकारले सुशासन कायम गर्ने प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

तीनै तहको सरकारले बनाएका ऐन, नियम, कानुन र नीतिभित्र रहेर कर्मचारीले काम गरेमा भ्रष्टाचार नहुने उनले बताए । सरकारले सुशासन कायम गराउन नसकेको भन्दै उनले सरकारी कामकाज समयमै हुने प्रबन्ध गर्न सकेमा सुशासन कायम हुने बताए ।

जिम्मेवारीमा रहेका सबैले आ–आफ्नो काम, कर्तव्य र अधिकारलाई पूरा गर्नुपर्ने उनको भनाइ छ । प्रमुख आयुक्त राईले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको अन्तिम अवस्थामा मात्रै अख्तियार दुरुपयोग अनुसन्धानको काम आउने उल्लेख गरे । 

उनले आयोगको एक्लो प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताए । भ्रष्टाचारको अन्त्यका लागि राज्य, समाज र आम नागरिकको भूमिका हुने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro