site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाओमीले ल्यायो दुई नयाँ डेस्कटप मोनिटर

काठमाडौं । शाओमीले नेपाली बजारमा दुई नयाँ डेस्कटप मोनिटर ल्याएको छ । कम्पनीले एमआई २३.८ डेस्कटप मोनिटर १ सी र एमआई डेस्कटप मोनिटर २७ सार्वजनिक गरेको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले यी मोनिटरहरूले मनमोहक दृश्य अनुभव, अप्टिमल पर्फमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्ने गरी बनाइएको बताएका छन् ।

एमआई २३.८ मा २३.८ इञ्चको आईपीएस एफएचडी डिस्प्ले रहेको यो डेस्कटप मोनिटरमा १७८ डिग्रीको भ्युइङ एङ्गल रहेको छ । यसमा ६० हर्जको रिफ्रेस रेट रहेको छ । 

एमआई २७ डेस्कटप मोनिटमा २७ इन्चको आईपीएस एफएचडी र १७८ डिग्रीको भ्युइङ एङ्गल रहेको छ । यसमा ७५ हर्जको रिफ्रेस रेट रहेको छ । यस्तै यसमा ६ मिलिसेकेन्डको फास्ट रेस्पोन्स र ३०० निट्स ब्राइटनेस रहेको छ ।

गेमरहरूका लागि यी उत्कृष्ट हुने कम्पनीको भनाइ छ ।

एमआई २७ डेस्कटप मोनिटरको मूल्य २२ हजार ९९९ रहेको छ भने एमआई २३.८ को मूल्य १९ हजार ९९९ रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro