site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिम्बाब्वेविरुद्ध नेपालको ओपनिङ ब्याटिङमा कीर्तिमानी साझेदारी 

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालको ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि कीर्तिमानी ब्याटिङ गरेका छन् ।

हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालका लागि कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारी गरे ।

जिम्बाब्वेविरुद्ध नेपालको यो जोडीले अहिलेसम्म ११५ रन बनाएको छ । यसअघि पहिलो विकेटका लागि यही जोडीले सन् २०२२ को जुन १४ मा ओमानविरुद्ध ११४ रनको साझेदारी गरेका थिए ।

नेपालले अहिले २५.३ ओभरको खेल हुँदा विकेट नगुमाई ११५ रन बनाएको छ । नेपालबाट क्रिजमा रहेको कुशल र आसिफ क्रमशः ६६ र ४२ रनमा खेलिरहेका छन् ।

कुशल चौथो ओभरमा एक रनमा रहँदा क्याच आउट हुनबाट बचेका थिए । रिचार्ड एन्गाराभाले गरेको बलको चौथो ओभरको चौथो बलमा सिकन्दर राजाले कुशलको क्याच छुटाएका थिए ।

नेपाल र जिम्बाब्वेबीचकोे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro