site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कालीमाटीमा ३० हजार किलो गोलभेँडा फ्याँकियो

काठमाडौं । बजार मूल्य नपाएको भन्दै काठमाडौंको कालीमाटी तरकारी बजारस्थित सडकमा गोलभेँडा फ्याँकेर किसानले विरोध जनाएका छन् । खपत नभएको र उचित मूल्य नपाएको भन्दै उनीहरूले आइतबार बिहान सडकमा गोलभेँडा फ्याँकेका हुन् ।

नेपालमा उत्पादित गोलभेँडाको खपत कम भएको र मूल्य पनि नपाएको किसानले बताएका छन् । गोलभेँडा उत्पादक कृषिक वरुणबहादुर रोक्काले नेपाली किसानले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाएको र प्राथमिकतामा नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको सुनाए ।

किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुको मूल्य सरकारले तोक्नुपर्ने र उपभोक्ताले सहुलियतमा पाउनुपर्नेमा उनले जोड दिए ।

अहिले नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता नपाउने तर विदेशीबाट आयात भएर आएको वस्तुले बजार लिने गरेको उनको भनाइ छ ।

उनले कालीमाटी बजारमा व्यवसायीले किसानसँग आठ रुपैयाँ किलोमा गोलभेँडा किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताए । किसानले पाउने र उपभोक्ताले खरिद गर्ने मूल्य सरकारले तोक्न नसक्दा विकृति भइरहेको उनले उल्लेख गरे ।

आइतबार करिब ३० हजार किलो गोलभेँडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ । फ्याँकिएका गोलभेँडा काठमाडौंका रामकोट, नागार्जुन, थानकोट, भक्तपुरलगायत क्षेत्रमा फलेका हुन् ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro