site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीले अवरुद्ध सडक, पुल निर्माण कार्य आजैदेखि थालनी गछौँ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यालाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका हुन् । 

सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको उनले बताए । उनले बाढीपहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षति समेत भएको जानकारी दिए ।  

क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि सुरुआत गरेको बताए । १० दिनभित्रमा बेलिब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताए । 

“शनिबार राति हेवाखोलामा आएको बाढीबाट भएको क्षतिको अनुमान गर्दा भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिव ५० करोड क्षति भएको छ । हाल क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलीब्रिज बनाउने काम आजैदेखि सुरुआत गरेका छौँ । १० दिनभित्रमा त्यो ठाउँमा बेलिब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएका छौँ,” उनले भने । 

बाढीको कारण क्षति भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएको बताए । 

बेलिब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुलाउने तयारी सरकारको रहेको बताए । वर्षायाम सुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएको जानकारी दिए । 

"वर्षायाम सुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएका छौँ," उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro