site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालविरुद्ध जिम्बाब्वेको सुरुआती दुई ओभर मेडन
फाइल तस्बिर।

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालविरुद्ध जिम्बाब्वेले सुरुआती दुई ओभर मेडन राखेको छ ।

टस हारेपछि ब्याटिङमा आएको नेपालका ओपनरद्वय आरिफ शेख र कुशल भुर्तेलले सुरुआती दुई ओभरमा पनि खाता खोल्न सकेका छैनन् ।

Argakhachi Cement Island Ad

नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्