site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली र वामदेवबीच भेटवार्ता हुँदै
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता हुन लागेको छ ।

एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । अहिले केहीबेरमा भेटवार्ता हुन लागेको एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डले जानकारी दिए ।

“अहिले एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ताको तयारी भएको छ,” उनले भने, “नेताहरु बाटोमा हुनुहुन्छ ।”

भेटमा पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ । गौतमले एमालेको विधानबाट ७० वर्षे प्रावधान हटाए पार्टीमा आउने बताउँदै आएका छन् ।

एमालेले विधानको सो व्यवस्था हटाएको छ । शनिबार मात्रै ओलीले एक कार्यक्रममा ७० वर्षे प्रावधानले असहजता सिर्जना गरेकाले हटाइएको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro